अर्थ

नेपाल राष्ट्र बैंकद्वारा विभिन्न पदमा दरखास्त आह्वान



काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बैंकका विभिन्न रिक्त पदहरूमा करार सेवामार्फत पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।

बैंकले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी गरी कुल ३४ जना कर्मचारी माग गरेको हो ।