काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको छ ।
मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको हो ।
सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ । सरकारको यो कदमसँगै लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना थप बलियो बनेको छ ।










प्रतिक्रिया दिनुहोस्