काठमाडाैँ, ११ भदाै ।राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउन राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले बाढीबाट ठुलो जनधनको क्षति भएकामा विपद् प्रभावित नागरिकको उद्धार, खोज तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक कोषमा दिने निर्णय गरेका हुन्।










प्रतिक्रिया दिनुहोस्