काठमाडाैँ, १२ भदौ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ ।
विपद्को यस कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका प्रयासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्