समाचार

११४ किलो गाँजासहित एक पक्राउ



पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका –०१ धोरेमा बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई चेकजाँचको क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको र ती पोकाभित्र प्लाष्टिकसहित ११४ किलो २५ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।

कार र उक्त बरामद लागुऔषध सहित धादिङको बेनिघाट रोराङ गाउँपालिका –०८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।