काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
“जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ” भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा नुवाकोटस्थित देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याइएको छ।
तुईन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने उनले विश्वास व्यक्त गरे। “विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्छन्,” मुख्यमन्त्री थापा मगरले भने।
उनले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको बताउँदै आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। ‘विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्ने पूर्वाधार निर्माण र सञ्चालनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ’, उनले भने ।










प्रतिक्रिया दिनुहोस्