अर्थ

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको रहेका छन । उनको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।