काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् ।
आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूले अहिले सरकार ढल्छ,ढल्छ भन्ने सुन्न थालेको भन्दै उनले सरकार नढल्ने बरु सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेपछि आफै ढल्न थालेको बताए ।
उनले भने, ‘सरकार अहिले ढल्छ भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ कि भनेको सुन्छु’, ‘ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ । सरकार विल्कुल ढल्दैन । पाँचै वर्ष चल्छ ।’
उनले इतिहासलाई साक्षी राखेर सरकार गठन गरेको दाबी गर्दै लोकतन्त्रको रक्षा गर्ने कुरामा चिन्ता नगर्न पनि आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्