काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।
थापासँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका हुन् । गगनले मिनेन्द्र कांग्रेसमा अति आवश्यक मान्छे रहेका कारण पदाधिकारी लडिरहनु पर्ने आवश्यकता नरहेको जानकारी मिनेन्द्रलाई दिएका थिए ।
उनीहरूबीच हिजो बेलुका बैठक बसेको थियो । महत्त्वपूर्ण जिम्मेवारीमा राख्ने बताउँदै उनले कांग्रेसमा नभई नहुने व्यक्तिले पदाधिकारीमा लडिरहनुपर्ने आवश्यकता नरहेको मिनेन्द्रसामु कुरा राखे मिनेन्द्रले पनि गगनको कुरा स्वीकार गर्दै उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्