समाचार

घुस लिँदै गरेका अवस्थामा एक इन्जिनियर पक्राउ



काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

आयोगको बर्दिबास कार्यालयको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा नगरपालिका पुगेको थियो । सोही क्रममा यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ ।