काठमाडौँ, २२ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिए । आजको बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन् । स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे थपिएका छन् ।
बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने बताइएको छ । त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाउने एमालेको तयारी छ ।










प्रतिक्रिया दिनुहोस्