काठमाडौँ, २२ असोज । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गएराति सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोलमा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् ।
चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको हो । अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोटरसाकल सहित दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा हिरासत कक्षमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्