काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
त्रिविको ६७औं वार्षिक दिवसको बैठकमा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले मन्त्रालयमा परीक्षा र नतिजा समयमा नभएको गुनासो आउने गरेको बताए ।
उनले भने, ‘१ महिना भित्र नतिजा ल्याउन कुलपति प्रधानमन्त्रीको पनि निर्देशन छ,’ ।
शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न उनले आग्रह गरे । विश्वविद्यालयको अधिकार विकेन्द्रीकरण गर्न पनि उनले आग्रह गरे । ‘विकेन्द्रीकरण गर्न सकियो भने अझ प्रभावकारी हुन्छ,’ उनले भने ।
अन्य प्रदेशमा पनि दीक्षान्त समारोह गर्नुपर्ने उनको भनाइ छ । मन्त्री पोखरेलले सरकार शिक्षा सुधारमा लागेको बताए ।
उनले भने, ‘शिक्षा सुधार गर्न लागेका छौ। तर विश्वविद्यालय र विद्यालयको फरक छुट्याउन सकेको छैन । विश्वविद्यालय थिङ ट्यांक हो,’ ‘शिक्षा ऐन बनाइ रहेका छौ । पाठ्यक्रम रिफर्मको काम गरिरहेका छौ । शिक्षा नीति नयाँ बनाउने क्रममा छौ । यसमा विश्वविद्यालयको भूमिका बढी हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्