काठमाडौँ, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोलामा आएको बाढीका कारण बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज प्रेस विज्ञप्ति जारी गर्दै बाढीले पक्की तथा झोलुङ्गे पुल, भौतिक संरचना र बस्तीमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बाढीबाट प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
त्यस्तै, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र आवश्यक खाद्यान्नको व्यवस्था गर्न तथा जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्