काठमाडौँ, ३१ असोज । कांग्रेस सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज पार्टी कार्यालय सानेपामा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । हालै राजधानीमा सम्पन्न १५औँ महाधिवेशनबाट उनी भारी मतका साथ विजयी भएका थिए । शपथसँगै उनले पदबहाली पनि गरेका छन् ।
शपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दशैंपछि गर्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।










प्रतिक्रिया दिनुहोस्