काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेको छ ।
मन्त्रालयका अनुसार हिजो भएको उक्त ड्रोन आक्रमणलाई निस्तेज पार्ने क्रममा खसेको भग्नावशेष लागेर ती नेपाली नागरिकको ज्यान गएको हो । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
नेपालले सर्वसाधारण नागरिक तथा संवेदनशील एवं महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी हुने कुनै पनि आक्रमणको स्पष्ट शब्दमा भर्त्सना दोहोर्याएको छ । मन्त्रालयले आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै जुनसुकै विवादको पनि शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताएको छ । यसका लागि संवाद, वार्ता र कूटनीतिक पहलका माध्यमबाट समस्याको समाधान गर्न नेपालले निरन्तर आह्वान गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्