विश्व

तिब्बतमा शक्तिशाली भूकम्प : १८ वटा भूकम्पीय घटना



काठमाडौँ, ६ कार्तिक । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकमा उल्लेख छ । भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

एनसीएसका अनुसार अक्टोबर २२ को रातिदेखि अक्टोबर २३ को राति १२ बजेर ५१ मिनेटसम्म तिब्बत, चीन र म्यानमारमा गरी १८ वटा भूकम्पीय घटना रेकर्ड भएका छन् । तीमध्ये तिब्बतमा १३, चीनमा चार र म्यानमारमा एउटा घटना रेकर्ड गरिएको छ ।

७ म्याग्निच्युडको मुख्य भूकम्पपछि तिब्बतमा ५ म्याग्निच्युडदेखि ४.३ म्याग्निच्युडसम्मका विभिन्न धक्का महसुस गरिएको थियो । बिहीबार राति ८ बजेर ४२ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि राति ९ बजेर ९ मिनेट र ९ बजेर १५ मिनेटमा पनि ५ म्याग्निच्युडका धक्का रेकर्ड गरिएका थिए।

त्यस्तै, राति ११ बजेर ३६ मिनेटमा ४.८, ११ बजेर ५५ मिनेटमा ४.४ र शुक्रबार राति १२ बजेर १ मिनेटमा ४.३ म्याग्निच्युडका भूकम्प रेकर्ड भएका थिए।