काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) बराबर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
कार्तिक ५ मा बसेको बोर्डको बैठकले नेपाललाई उक्त सहयोगको निर्णय गरेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । ”नेपालको जलवायु वित्तमा यो निकै ठूलो सहयोग हो । नेपालको विपद्प्रति संवेदनशील हुँदै विश्वास गरेकोमा अन्तर्राष्ट्रिय समुदाय धन्यवादको पात्र छ,” मन्त्रालयले भनेको छ ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ सँग आपत्कालीन कोष तत्काल उपलब्ध गराउन भदौ १५ मा पत्राचार गरेको थियो ।
बाढीका कारण १ हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन् । करिब १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा धेरै सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २ अर्ब ७० कराेड डलर (४ खर्ब ७ अर्ब ७० कराेड रुपैयाँ) बराबर छ भने पुनर्निर्माणका लागि करिब ४ अर्ब ७० कराेड डलर (७ खर्ब ९ अर्ब ७० कराेड रुपैयाँ) बराबर लाग्ने अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्