समाचार

बारामा गोली चल्यो



काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर एक जना घाइते भएको मधेस प्रहरीले जनाएको छ । आज बिहान गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसहितको टोलीले आज गाउँमा स्वास्थ्य चौकी उद्घाटन गर्न राखेको कार्यक्रममा विपक्षी समूहले रोक लगाएपछि विवाद सुरु भएको थियो ।

विवाद उग्ररुप लिँदै दुई समूहबिच झडप हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्दा प्रहरीमाथि ढुंगामुढा प्रहार हुन थालेपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको मधेस प्रहरी प्रमुख डिआइजी ओम प्रसाद अधिकारीले बताए । 

उनका अनुसार भीड नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले हवाई फायर मात्र गरेको हाे। तर त्यहाँ एक जना गोली लागेर घाइतेसमेत भएको उनको भनाइ छ ।

कसको गोलीबाट ती युवक घाइते भएको खुल्न नसकेको मधेस प्रहरीले जानकारी दिएको छ । फेटा गाउँपालिका वडा नम्बर-३ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्न खोज्दा विवाद भएको थियो ।