समाचार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु 



काठमाडौँ, १८ कार्तिक । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज बिहान ९:१० बजे भएको दुर्घटनामा जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको बताइएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।