राजनीति

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनबीच भेटवार्ता



काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटका क्रममा दुई देशबिचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो ।