समाचार

अटो दुर्घटना हुँदा सातजना घाइते



काठमाडौँ, २१ कार्तिक । सिन्धुलीमा अटो दुर्घटना हुँदा  सातजना घाइते भएका छन् ।

प्रहरीका अनुसार हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो अनियन्त्रित भई सडकबाट करिब १५/२० मिटर तल खेतमा खसेको हो ।

आज दिउँसो झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको उक्त अटो दुर्घटनामा परी घाइते भएका सातमध्ये पाँचजनाको अवस्था गम्भीर छ । चालकसहित अटोमा सवार व्यक्तिहरू घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मकवानपुर र सिन्धुलीका स्थानीय छन् । सबै घाइतेलाई उपचारका निम्ति मकवानपुरतर्फ पठाइएको छ । अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।