समाचार

हँसिया प्रहारबाट एक जनाको मृत्यु



दैलेख, २२ कार्तिक । ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ ।

उक्त वडाका वडाध्यक्ष केहेरसिंह कठायतले चन्द्रबहादुर पुनकी श्रीमती ४५ वर्षीया बीमाको मृत्यु भइसकेको पुष्टि गरेका छन् । सोही ठाउँका स्थानीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

उनका अनुसार, बाँकी ४ जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रबहादुरकी २५ वर्षीया भाइ बुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुनमगर घाइते भएका छन् । रावलले उनका ४ महिनाका छोरीमाथि पनि हतियार प्रहार गरे ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा ल्याइएको छ । प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ ।