काठमाडौँ, २७ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले भेटवार्ता गरेका छन्।
मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ बनाउने उपायहरूका विषयमा विस्तृत छलफल भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र भारतबीच पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार तथा द्विपक्षीय विकास आयोजनाहरूलाई गति दिने सम्भावनाबारे विचारविमर्श भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्