संखुवासभा, २७ कार्तिक । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले बताए । शुक्रबार दिउँसो घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बुको लडेर घटनास्थलमै मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्