सुनसरी, २७ कार्तिक । सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
शुक्रबार धरान उपहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलाई खानतलासी गर्दा ५.३४ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनले मलद्वारमा लुकाएर ल्याएको सो परिणामको ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ । दर्जीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्