काठमाडौँ, २९ कार्तिक । उदयपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीअ अनुसार चौदण्डीगढी नगरपालिका–१० खैरा झोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार भएको सो दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृतकको नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ । गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना.७ त.५३२५ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्