समाचार

झापामा एक पुरुष मृत फेला



काठमाडौँ, २९ कार्तिक । झापाको कन्काई नगरपालिका–३ मा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीअ अनुसार कन्काईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडा मृत अवस्थामा फेला परेका हुन् ।

आफ्नै घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा सलको पासोमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

ढोका नखुलेपछि परिवारका सदस्य र छिमेकीले ढोका फुटाएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धान गरिरहेको छ ।