काठमाडौँ, २९ कार्तिक । प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका– ३ घर भई माकलबारी बस्ने १९ वर्षीय लाक्पा शेर्पा र सोही स्थान बस्ने २८ वर्षीय समीर तामाङलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
लामा र शेर्पालाई शुक्रबार र तामाङलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट बा८४प ५४८४ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३०–प ८४७५ नम्बरको स्कुटर, प्रदेश ३–०२–००७ प ८२७५ र बा३२प ४५६० नम्बर रहेको नम्बर प्लेट, एक थान सवारी दर्ता किताब, एक थान टुल बक्स, १३ थान टुल किट र ४ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्