Banner News

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको दर्शन



काठमाडौँ, २९ कार्तिक । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन् ।

छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दैछन् । सो अवसरमा राष्ट्रपति पौडेलले छठी माताको दर्शन तथा पूजा गरेका हुन् ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।