अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६०  हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।