समाचार

प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार



काठमाडौँ, २ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी महिलाको हवाई उद्धार गरिएको छ ।

अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो ।

अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएको थियो । मंगलबार हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो ।

महिला, बालबालिका, लैंगिकक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो ।