राजनीति

बाँकेका १० भूमिहिनले पाए लालपुर्जा



बाँके, ३ मंसिर । जिल्ला भूमि समस्या समाधान समिति बाँकेले १० भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।

लालपुर्जा पाउनेमा राप्ती सोनारी गाँउपालिका वडा नं ४ का ३ भूमिहिन दलित र ७  भूमिहिन सुकुम्बासी परिवार रहेका छन् । उनिहरु २०४४/४५ सालदेखि सोहि क्षेत्रमा बसोबास गर्दै आएका थिए । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।