मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आज बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौँ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमोमा चालकसहित १० जना सवार रहेकोमा ७ जना घाइते भएका छन् ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्