समाचार

कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ



काठमाडौँ, ४ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ र १६ वटा ठूलो कौडा बरामद गरेको छ ।

महालक्ष्मी नगरपालिका-४ दमारस्थित तेजकुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।

प्रहरीले जुवा खेलिरहेको खालबाट नगद ५४ हजार रुपैयाँ र पक्राउ परेका २० जनाको साथबाट ३ लाख ३४ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको जनाएको छ ।

बरामद रकम र कौडासहित उनीहरुलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ ।