राजनीति

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव



काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ ।

आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले उक्त प्रस्ताव गरेको हो । आज आयोगसँगको छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गरेका हुन् ।

प्रचण्डले आयोगको प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउनेसमेत बताएका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ ।