काठमाडौँ, ४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।
बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन ।
घटनाको थप अनुसन्धानका लागि प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्