काठमाडौँ, ४ मंसिर । काठमाडौँको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका हुन् ।
बिहीबार साँझ आफ्नै घरमा गोली प्रहार गरेका ढकालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल लगेका थिए । ढकाल उच्च अदालत पाटनका एक जना न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) हुन् । न्यायाधीशको सुरक्षाका लागि बोकेको पेस्तोलले उनले आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट उनको टाउकोमा चोट लागेको थियो ।
घटनाको कारणबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्