काठमाडौँ, ८ मंसिर । तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका–५ स्थित लोलाङ धितालथोक क्षेत्रबाट ९७ ग्राम ६७० मिलिग्रम खैरो हेरोइन बरामद गरेको हो ।
खैरो हेरोइन सहित नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएर अहिले सोही स्थानमा बस्दै आएका २२ वर्षीय धिरज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्