काठमाडौँ, ८ मंसिर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा १० मा अध्ययनरत परीक्षार्थीहरूका लागि एसईई आवेदन फाराम भर्ने तथा भराउने म्याद १५ दिन थप गरेको छ ।
कार्यालयले आज मंगलबार दोस्रोपटक सूचना जारी गर्दै यसअघि कार्तिक ९ गतेको सूचनाअनुसार आज मंगलबारसम्म तोकिएको समयावधि दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण अपुग भएको भन्दै विद्यालयहरूबाट म्याद थपको माग आएकाले समय थप गरिएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार राजस्व बुझाउनेलगायतका अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम मंसिर २५ सम्म कायम गरिएको कार्यालयले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्