समाचार

गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ



काठमाडौँ, १० मंसिर । करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको केरला मुलरिया ठेगाना भएका २९ वर्षीय अबदुल नौसाद छन् । उनीबाट ४ किलो ८ सय ग्राम थाई गाँजा बरामद भएको छ ।

बाटिक एअरको उडानमार्फ उनी थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका थिए । उनमाथि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अनुसन्धान अघि बढाएको छ ।