Banner News

सत्ता गठबन्धनको बैठक सुरू



काठमाडौँ, २१ असोज । निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागी भएका थिए । यादवले दोश्रो तहका नेतालाई बैठकमा छोडेर एमाले नेताहरूसँग छलफल गरेका थिए ।