राजनीति

रास्वपा सचिवालय बैठक बस्दै



काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र विभागमा मनोनयन विषयमा छलफल तय भएको छ ।

बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञहरूबाट योजना आह्वान लगायतका विषयमा छलफल गर्ने छ । बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी तय गर्ने छ । यस्तै, संसदीय दलका लागि कार्यविधि र प्राविधिक सहायताको विषयमा पनि बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ ।