एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो । निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ ।
यस द्वन्द्वमा सयौँ हजार मानिसहरूको मृत्यु भएको छ । पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्र दर्ता भएका छन् । मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरेको छ ।
रुसमा थोरै मानिसहरूले मात्र पुटिनको युनाइटेड रसिया पार्टी फेरि सहजै विजयी हुनेमा शङ्का गर्छन्। तर यो चुनाव क्रेमलिनका लागि युक्रेन युद्धप्रति जनसमर्थन नाप्ने अवसर हो।
यस वर्ष युद्धका प्रभावहरू पहिलेभन्दा बढी घरेलु रूपमा महसुस भएका छन् । लडाइँको गम्भीर स्मरणका रूपमा मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार भनेका छन्, “रुसले राजधानीतर्फ आउने दर्जनौं युक्रेनी ड्रोनहरू नष्ट गरेको छ। युक्रेनको स्थानीय समयअनुसार सेप्टेम्बरको १७ साँझ ८ बजेदेखि १८ सेप्टेम्बरको बिहान ७ बजेसम्म मस्को क्षेत्रतर्फ ३५० भन्दा बढी ड्रोन उडेका थिए,” उनले टेलिग्राममा लेखेका छन् ।










प्रतिक्रिया दिनुहोस्