काठमाडौँ, ९ साउन । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४८ हजार ४४६ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।
अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ८८ नाघेको छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २८ हजार ३० हजार ६४५ पुगेकाे छ । बिहीबार मात्रै त्यहाँ ७ सय ५५ जनाकाे मृत्यु भएकाे छ ।
अहिले भातरमा ४ लाख३९ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ८ लाख १७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्