पत्रकारको भूमिकाले नीतिगत सुधारलाई मार्गदर्शन गर्‍यो : अध्यक्ष ढकाल

काठमाडौँ, २५ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य सुदृढ गर्दै देशको आर्थिक विकासलाई गति दिनुपर्ने बताएका छन् । पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पत्रकारिताले नीतिगत सुधार र आर्थिक बहसलाई मार्गदर्शन गरेको उल्लेख गरे । कार्यक्रममा उनले पत्रकारहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान…