आयोगद्वारा राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगका पदाधिकारीको टोली शितल निवास पुगेर आज राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको…