काठमाडौँ, २ कार्तिक । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद पाएको छ । बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न बुधबार जिल्ला अदालत काठमाडौँ लगिएको थियो । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिएको हो । अनुसन्धान गर्न थप समय…