घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १ चैत । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेर ५ हजार २७०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।