अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर सहयोग गर्ने

काठमाडौँ, ७ असोज । संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्तामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार हुकरले प्रभावित…